सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षपाठक सहित १४ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनमा सहभागी फेकोफनका अध्यक्ष भारती पाठकसहित १४ जनालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो । उनिहरुले सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल फेकोफनले नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै आज बिहान प्रदर्शन गरेको थिए ।

नियन्त्रणमा लिइएकाहरुमा अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य डोलकुमारी सापकोटा, ललितपुर जिल्ला अध्यक्ष प्रेम घिमिरे, उपाध्यक्ष केशवराज गिरी, सिन्धुपाल्चोकका सचिव दयालक्ष्मी श्रेष्ठ, ललितपुरका सहदेव न्यौपाने लगायत आदिलाई प्रहरीरले नियन्त्रणमा लिएको छ ।

फेकोफनका सचिव ठाकुर भण्डारीले आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्