२६ गतेदेखि इमर्जिङ नेपालको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ खुला हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । इमर्जिङ नेपालले माघ २६ गतेदेखि ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा सो आइपीओ बिक्रीमा ल्याउन लागेको हो । जसमा ११ हजार ११२ कित्ता सेयर कर्मचारी र २७ लाख ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले सो आइपीओमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा आइपीओ बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ ।

बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्