नेपाल–भारत जोड्ने गरी निर्माण गर्ने पुलको लागि दुई देशबिच सम्झौता पत्रमा हस्ताक्षर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल–भारत जोड्ने गरी महाकाली नदी माथि निर्माण गर्ने पुलको लागि दुई देशबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको अनुदानमा नेपालको दार्चुला र भारतको धार्चुलालाई जोड्ने गरी महाकाली नदीमा निर्माण गर्ने पुल निर्माणका लागि दुई देशबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले हस्ताक्षर गरे । दार्चुला र धार्चुलालाई जोड्ने पुल निर्माणसँगै नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबिचको सीमापार सम्पर्कलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले नेपालको बिकास आयोजनामा भारत सरकारले गरेको सहयोगको प्रसंसा गर्नुभयो । उहाले निर्धारित समयमा नै पुल निर्माण हुने विश्वास व्यक्त गरे ।त्यस्तै भारतीय राजदूत विनयमोहन क्वात्राले दुई देशका जनताबिच वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबिचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको बताए ।

मन्त्रालयका अनुसार अहिले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको चरणमा छ । डीपीआर तयार पारेको करिब ३ वर्षमा पुल निर्माण सक्ने योजना छ । पुल बनाउन ४० देखि ४२ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्