निर्वाचनको मिति तोक्नुपर्ने भन्दै एमालेको भातृसंगठन राष्ट्रिय युवा संघले निकाले मशाल जुलुस

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति तोक्नुपर्ने भन्दै एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मशाल जुलुस निकालेको छ ।

बुधबार काठमाडौंको बानेश्वरमा यथासिघ्र निर्वाचनको मिति तोक्नुपर्ने र पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिनुपर्ने लगाएका माग राख्दै युवा संघले मशाल जुलुस निकालेको हो । मशाल जुलुस सहित प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रर्दशनमा सहभागीहरुले सरकारबिरोधी चर्का नारा लगाएका थिए ।

संविधानअनुसार तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने माग राख्दै युवा संघले देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्