शुक्रबार कोरोनाको कारण थप १६ जनाको मृत्यु, २ हजार ५ सय २६ जना संक्रमित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ । नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

देशभर गरिएको ६ हजार ६ सय ५५ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय २ जना र ४ हजार ४ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९२४ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ९७ हजार ५ सय ८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ९४ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८ हजार ४ सय २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ९५ हजार ८ सय ६८ जना निको भएका छन् । हाल नेपालमा ५६ हजार ४ सय ५७ सक्रिय सक्रमित आइशोलेशन र १ सय ३३ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्