१० व्यक्तित्वका लेखहरु समावेश गरिएको राष्ट्रिय सभा विशेष पुस्तक सावजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । संघीय संसद सचिवालय संसदमा समिति प्रणाली राष्ट्रिय सभा विशेष पुस्तक सावजनिक गरेको छ ।

संसदमा समिति प्रणालीको अवधारणा तथा अभ्यास लगाएतका विषय समेटेर पुस्तक प्रकाशन गरिएको संसद सचिवालयले जानकारी दिएको छ । सङ्घीय संसद् सचिवालयले प्रकाशन गरेको कूल १७६ पृष्ठको सो पुस्तकमा संसदीय अभ्यासमा संलग्न तथा विषयगत गहन अध्ययन गरको १० व्यक्तित्वका लेखहरु समावेश छन् ।

पुस्तकमा समिति प्रणालीको विकास र अन्तरराष्ट्रिय अभ्यासको नमूनाका रुपमा अष्टे«लिया, अमेरिका र भारतको संसदीय समिति प्रणालीका विषयलाई पनि समेटिएको छ । संसद सचिवालयका महासचिव भरत गौतमले संसद्का साथै संसदीय समितिहरुको गतिविधिलाई प्रभावकारी बनाउनका लागी भएका प्रयासलाई लेखका रुपमा समावेश गरिएको जानकारी दिए ।

त्यस्तै राष्ट्रियसभाका सचिव तथा पुस्तकका सम्पादक राजेन्द्र फुयाँलले पुस्तकमा संसदीय समितिहरुले स्थापित गरेका अभ्यास, चुनौती र आगामी बाटो तय गर्नका लागि उपयोगी रहेको उल्लेख गरे ।
यसअघि शुक्रबार नै शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुस्तकको बिमोचन गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्