दरवारमार्गमा अन्तर्राष्ट्रिय चेन ‘सलुन हेयर एण्ड शान्ति’ को नयाँ शाखा सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय चेन सलुन ‘हेयर एण्ड शान्ति युनिसेक्स सलुन’ को २७औं शाखा काठमाडौको दरवारमार्गस्थित दरवार मलको पहिलो तल्लामा सुरु भएको छ । सलुनको नेपाल उद्योग बाणिज्य संघको पुर्व अध्यक्ष भवानी राणा र कलाकार किरण केसी राता मकैले उद्घाटन गरेका छन् ।

नेपालको १०औं शाखा रहेको युनिसेक्स सलुनमा हेयर कट, हेयर कलर, नेल आर्ट, आइलेसिस एक्स्टेन्सन, मेक अप, मेनिकेयर,पेडिकेयर लगायतको सेवा उपलब्ध भएको सन्चालक सरु थापाले बताइन् । सलुनको नयाँ शाखा १४ सय बर्गफिट फराकिलो रहेको छ । आरामदायी सेवा दिने उद्देश्यले अत्याधुनिक प्रविधि सुरु गरिएको सलुनमा मेनिकेयर, पेडिकेयर, हेयर वास मसाज चियरमा गरिने थापाले बताइन् ।

व्यवसायीहरु सरु थापा, दुर्गा प्रसाद सुबेदी, रोशन श्रेष्ठ, अनुजा श्रेष्ठले दुई करोड लगानीमा सलुन सुरु गरेका हुन् । ग्राहकको छाला र कपालको संबेदनसिलतामा ख्याल गर्दै बिश्व बिख्यात सौर्न्दर्य प्रसाधनको प्रयोग गरिने सन्चालकको दावी छ । २२ बर्ष अगाडी चितवनकि शान्ति श्रेष्ठले भारतमा हेयर एण्ड शान्ति युनिसेक्स सलुनको सुरुवात गरेकी हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्