‘राज्यका तीनवटै निकायहरु असफलतातर्फ उन्मुख भएको छ’ : उपमहासचिव ज्ञवाली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालका उपमहासचिव प्रदिप ज्ञवालीले राज्यका तीन वटै निकायहरु असफलतातर्फ उन्मुख भएको बताए

प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै ज्ञवालीले सरकारको क्रियाकलापले राज्यका तीन वटै निकायहरु असफलतातर्फ उन्मुख भएको र लोकतन्त्र नै संकटमा पुगेको बताए । उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्नु पर्ने भन्दै गठबन्धन सरकारले आफ्नो अनुकुलताका लागी संविधानको मर्म माथि प्रहार गरेको औल्याए । उनले वर्तमान सरकारले एमसिसीको बारेमा दोहोरो चरित्र देखाएको आरोप लगाउदै एमसिसीका प्रतिनिधिलाई एमसिसी पारित गर्ने प्रतिबद्धता व्यक्त गर्ने र नेपाली जनतालाई एमसीसीको बारेमा गुमराहमा राख्ने काम गरेको जिकिर गरे ।

पूर्व मन्त्री समेत रहनुभएका ज्ञवालीले सभामुखले संसदलाई बन्धक बनाएको आरोप लगाउदै सभामुखको भुमिका नै विवादास्पद रहेको बताए । उनले एमसीसी संसदमा लगेपछि नेकपा एमालेले आफ्नो धारणा राख्ने प्रष्ट पारे ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्