‘हाम्रो पार्टीले एमसीसीको पक्षमा मतदान गर्दैन’ : महामन्त्री पाठक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताएको छ ।

रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले एमसीसी सम्झौतामा भएका केही दफाहरु विवादित रहेको भन्दै आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताएका हुन् । त्यस्तै पाठकले अब पार्टी एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने बताए । पाठकले वर्तमान पाँच दलीय गठबन्धनको सरकारको ६ महिना पूरा असफल भएको टिप्पणी पनि गरे ।

निर्वाचनमा तालमेल गर्ने बिषयमा पछि छलफल हुने उनको भनाई छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्