अमेरिकामा जन्मिएकालाई स्वतः नागरिकता पाउने व्यवस्था बदलिदैँ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने बताएका छन् । अमेरिकी संविधानको १४औं संशोधन अनुसार अमेरिकामा जन्मिएका बच्चालाई अमेरिकी नागरिकता दिने व्यवस्था गरेको थियो । यस्ता बच्चाको आमा–बाबुसँग अमेरिकाको नागरिकता नभए पनि अमेरिकामा जन्मनासाथ तिनले स्वतः अमेरिकी नागरिकता पाउँदै आएका थिए ।

ट्रम्पले एनबीसीलाई दिएको अन्तर्वार्तामा अवैध आप्रवासीहरूद्याई देशबाट निकाल्नका लागि काम गर्ने कुरा दोहोर्याएका छन् । उनले नाटोबाट बाहिर निक्लने बारे गम्भीरतापूर्वक विचार गर्ने बताएका छन् ।

उनले आफ्नो कार्यकालको पहिलो दिन नै सन् २०२१ को यूएस क्यापिटल हिल दंगामा संलग्न व्यक्तिहरूलाई माफी दिने बताएका छन् । शुक्रबार, ट्रम्पले आफ्नो कार्यकालमा आप्रवासन, ऊर्जा, र अर्थतन्त्रमा सुधारका लागि केही आदेश जारी गर्ने घोषणा गरेका छन् ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्