शरद राज मैनालीको निर्देशनमा रहेको ‘हिँउले ढाक्ने’ पपगीत सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नयाँ नेपाली पपगीत हिँउले ढाक्ने सार्वजनिक गरिएको छ । गायक सन्तोष अधिकारीद्धारा रचित तथा स्वरबद्ध यस गीतलाई रेखा अधिकारीले प्रस्तुत गरेका हुन् । शरद राज मैनाली र सुजित शाहीको संयुक्त संगित रहेको यस गीतलाई राजीव एन्ड्रीयूँ श्रेष्ठले एरेन्ज गरेका छन् ।

मनमोहक दृश्य समेट्न सफल यस म्युजिक भिडियोलाई रामकुमार के सी ले छायाङ्कन गरेका छन् । गायक सन्तोष अधिकारी स्वयम् र नायिका आशा भारतीको अभिनय रहेको यस म्युजिक भिडियोमा सिँगार सर्मिला सुनारले गरेकी छिन भने दृश्य सम्पादन टेकेन्द्र शाहको रहेको छ । म्युजिक भिडियोका रचनाकार र निर्देशक शरद राज मैनाली हुन् ।

प्रेमी प्रेमीकाबाट टाढा रहेकाहरुले सगै हुँदा सम्झने गीतलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्