सोमबार १५ दशमलव ७१ अंकले बढ्यो नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक सोमबार १५ दशमलव ७१ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक आईतबारको तुलनामा १५ दशमलव ७१ अंकले बढेर २ हजार ८ सय ५१ दशमलव ८८ विन्दुमा पुगेको हो ।
सोमबार २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । यस्तै सोमबारको सेयर बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

यस्तै सोमबारको सेयर बजारमा बुद्ध भुमी नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतले घटेको छ । बुद्धको सेयरमा यस्तो गिरावट आउँदा सर्पोट माइक्रोफाइनान्स, साहस उर्जा कम्पनी, विन नेपाल लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्