‘पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेको छ’ : मन्त्री भुसाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेको बताएका छन् ।

सोमबार विद्युतीय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताएका हुन् । उनले यस बारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने बताए । मन्त्री भुसालले सरकारले आफ्नो मन्त्रालयलाई यस बारेमा बजेट उपलब्ध गराएमा आफू सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताए ।

अनेरास्ववियूले विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरुमा निःशुल्क इण्डेक्शन चुलो पु¥याउन सरकारसँग माग गरेको छ । त्यसैगरी पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगमा योजनावद्ध रुपमा काम गर्न सरकारलाई आग्रह पनि गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्