वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

Ad
  • कालोपाटी सम्बाददाता

ताप्लेजुङ । ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन् ।

जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ । अलैँची सिँचाइमा मूलकोभन्दा आकाशे पानी राम्रो हुने किसान बताउँछन् ।जिल्लामा शुक्रबार र शनिबार वर्षा भएपछि हिमपातसमेत भएको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका विर्खबहादुर लिम्बू अलैँचीलाई सिँचाइ आवश्यक भएका बेला वर्षा भएकाले ठूलो राहत मिलेको बताउँछन् । अलैँची फूल फुल्ने र नयाँ टुसा आउने समयमा वर्षा भएकाले राहत मिलेको लिम्बूले बताए ।

मङ्सिरपछि किसानले अलैँची खेतीमा सिँचाइ गर्ने गर्दछन् । यो समयमा औल क्षेत्रमा अलैँची पूल्न थालेको र लेकाली क्षेत्रमा पूmल तथा टुसा पलाउने समय भएकाले वर्षाले फाइदा पुयाएको किसानको भनाइ छ ।यस्तै अन्य फलफूल तथा तरकारी खेतीलाई पनि वर्षाले फाइदा पुयाएको छ । यतिबेला आलुखेतीको मौसम भएकाले वर्षाले फाइदा पुगेको हो । हिउँदमा बेला–बेलामा वर्षा भइदिँदा नगदेबाली अलैँचीसहित फलपूल, तरकारीलगायतका बालीलाई फाइदा पुग्ने र उत्पादन राम्रो हुने किसान बताउँछन् । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गरिन्छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार यहाँ चार हजार ३०२ हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ ।  –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्