प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको छ ।

बुधबार बोलाइएको बैठक सूचना टाँस गरी स्थगन गरिएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।

यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् । सरकारको आग्रहमा संसद बैठक सारिएको बताइएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्