नेपाली ग्राहकहरुका लागि ‘वर्कसप अन ह्वील’ सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सुजुकीले नेपाली ग्राहकहरुका लागि  ‘वर्कसप अन ह्वील’  सुरु गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेताले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप अन ह्वील सुरु गरेको हो ।

स्मार्ट वर्कसपको नया पहलले सुजुकी ग्राहकहरुले आफनो घर दैलोमा नै  सवारी मर्मत गराउन सक्ने छन् । कम्पनीको अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन्  जसले सामान्य सर्भिस, मर्मत तथा अरु गाडी सम्बन्धि कार्यहरु गर्नेछ । सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठका अनुसार ,’यो नया पहल हाम्रो ग्राहक माझमा ल्याउन पाउदा हामी हर्षित छौँ ‘ । यो चार पांग्रे सवारी मा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ ।

यो सुबिधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थान मा पुगी सेवा दिनेछ । यो सेवा हाल काठमाडौं, पोखरा, भैरहवा र नारायणघाटमा उपलब्द छ र चाडै नेपालका सम्पूर्ण प्रमुख सहरमा उपलब्द हुनेछ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्