बुधबार २२ दशमलव ११ अंकले घट्यो नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेको छ । नेप्से परिसूचक मंगलबारको तुलनामा २२ दशमलव ११ अंकले घटेर २ हजार ८ सय १३ दशमलव ४७ विन्दुमा पुगेको हो । बुधबार २२३ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आए पनि लिबर्टी इनर्जी र आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य बढेको छ । तर यता बुद्धभूमि नेपाल हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक र विन नेपाल लघुवित्तको शेयरमूल्य घटेको छ । कारोबार रकमका आधारमा १८ करोड ६१ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर पहिलो स्थानमा रहेको छ । नेपाल टेलिकम, नेशनल हाइड्रोपावरको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्