आईसिएल लिग प्रतियोगिता फागुन तेस्रो सातामा हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट (आईसिएल) लिग प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ ।

हिमालय स्पोर्टस म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गरी ग्रेट हिमालय क्रिकेट एकेडेमीको सहकार्यमा प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट आयोजना गर्ने जानकारी गराएको हो । प्रतियोगिता फागुन १८ देखि २१ गतेसम्म हात्तीबनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीको नव निर्माण हलमा आयोजना हुनेछ । कूल १६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा १० ओभरको खेल हुने आयोजकले जनाएको छ । लिगको एक टोलीमा १० जनाको टोली रहनेछन् । १० मध्ये ८ खेलाडीले एक खेलमा सहभागिता जनाउन पाउनेछन् ।

लिग कम नकआउट फम्र्याटमा खेलाइने लिगको दर्ता शुल्क ४० हजार रहेको छ । विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कूल २७ खेल हुनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्