बाराकी रुबी शाह जेएमके ‘वुमन इन बिजनेस’ छात्रवृत्तिबाट सम्मानित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बाराकी रुबी शाहलाई १० हजार डलर बराबरको जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित गरिएको छ । उनलाई जोन्टा क्लब अफ काठमाडौं २५, क्षेत्र २ बाट मनोनयन गररे र पुरस्कारको लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनोटमा पठाइएको थियो । जहाँ उनले थप २००० डलर पनि प्राप्त गरिन् ।

उनीसँगै अरु ३२ जनाले २००० डलर बराबरको थप छात्रवृत्ति पनि प्राप्त गरेका थिए । यसका साथै उनले संयुक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप ८००० डलर पनि प्राप्त गरेकी छिन् । उनी शैक्षिक वर्ष २०२१(२०२२ को लागि यस अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका छ जना क्षमतावान प्रतिभाहरु मध्य एक हुन् । उनी वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छिन् । १९ वर्षको उमेरदेखि नै रुबीले विभिन्न विधामाहरूमा व्यवसाय इन्क्युबेशन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गरिरहेकी छिन् । उनी उद्यमी नेपालीको पूर्व प्रमुख अपरेटिङ अफिसर पनि हुन् ।

महिलाहरुलाइ आर्थिक रुपले सशक्त गर्ने दृढ उद्धेश्य र प्रतिवद्धताका साथ रुबीले धेरै फेलोशिप र प्रशिक्षण सेमिनारहरूमा भाग लिएकी छन् । उनले सन् २०१९मा मलेसियामा भएको अन्तर्राष्ट्रिय युवा संलग्नता सम्मेलनमा एसडिजि प्रस्तोताको रूपमा नेपालको प्रतिनिधित्व गरिन् जहाँ उनले ’नेपालमा महिलाहरूलाई सशक्तिकरण गर्न युवा क्लबहरुको भूमिका’ भन्ने विषयमा प्रेजेन्टेसन दिएकी थिइन् । त्यहाँ उनले लैंगिक समता र समान पेशागत र आर्थिक वृद्धि हासिल गर्न युवा केन्द्रहरूको भूमिकाको विषयमा वकालत गरेकि थिइन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्