नेपाल बङ्गलादेश बैंकको ११औं विस्तारित सेवा सिमराको डुमरवानामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं.१५ स्थित भारतीचोक डुमरवानामा ११औं विस्तारित सेवा केन्द्र उद्घाटन गरेको छ । वित्तियपहुँच पुर्याउन हरेक नेपालीको कम्तिमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउने उद्देश्यका साथ विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । सेवाकेन्द्रको औपचारिक समुद्घाटन वडाअध्यक्ष राम प्रसाद लामिछानेले गरेका हुन् ।

बैंकले सो सेवाकेन्द्रमा पूँजी एकीकृत गर्ने, रेमिट्यान्स सिधैँ बैंकमा जम्मा गर्ने  चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबार गरिने जनाएको छ ।  सामाजिक सुरक्षालगायत बैकिङ्ग प्रणालीमार्फत् प्राप्त हुने सेवाहरू सजिलै प्राप्त गर्ने , शिक्षक एवं कर्मचारीहको तलबी खाता सञ्चालन गर्न सहज हुने बैंकले जानकारी दिएको  छ  । ‘सबैका लागि बैंक’ भन्ने मूलनारा सहित स्थापनाको २७औं वर्ष पूरा गरेको नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ११ एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा उपलब्ध गराउदै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्