हाइग्राउडको भ्यालेन्टाइन अफर, कपल बन्जी गर्दा कपल स्विङ फ्री

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । नेपालको पहिलो जिपलाइन, टवर बन्जी र जायन्ट स्विङको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले भ्यालेन्टाइन्स डेलाई लक्ष्यित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत टेन्डम जोडिबन्जी गर्ने जोडिले र जिपलाइन बुक गर्ने जोडिले स्विङ निस्शुल्क खेल्न पाउने छन् ।

पालमा पहिलो टावर बन्जी निर्माण गरेको हाइग्राउण्डले नेपालमै पहिलोपटक जोडि बन्जी सुरु गरेको हो । हाल हाइग्राउण्ड एड्भेन्चर प्रेमी जोडिको रोजाइको गन्तव्य बन्ने गरेको छ । हाइग्राउडले नेपालमै पहिलो पटक जायन्ट स्विङ निर्माण गरेको छ । खोला बाट २ सय ६२ फिट माथी ९८ फिटको टावर निर्माण गरिएको छ । परिवार र साथीहरु सँगै खेल्न सकिने पिङ दुई जना मात्र बसेर पनि खेल्न सकिन्छ । स्विङको फ्री फल ३ सेकेन्ड रहेको छ । स्विङ खेल अवधी ३ मिनेटको हुन्छ । स्विङको शुल्क २ हजार प्रती ब्यक्ति र फोटो भिडियो टिसर्टको बाह्र सय रहेको छ ।

जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड जिप फ्लायरको फ्रेन्चाइज रहेको हाइग्राउण्डले एक दशक देखि पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत सुरुवात गरेको छ । सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको यस हाइग्राउण्डले एक दशक पछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन सुरु गरेको हो । बिश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्