प्रधानसेनापति शर्माद्दारा सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण

Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर । प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । र क्षासचिव किरणराज शर्मासहित सुदूरपश्चिम प्रदेश पुगेका सेनापती शर्माले शुक्रबार बिहान एक हजार क्षमताको सो निर्माणाधिन होल्डिङ सेन्टर निरीक्षण गरेका हुन् । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाली सेनामार्फत् होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्सट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । सो कन्सट्रक्सनका साईट इन्चार्ज लक्ष्मण सापकोटाले होल्डिङ सेन्टरको निर्माण कार्य ९५ प्रतिशत सकिएको र बाँकि काम यही फागुन मसान्तभित्र सम्पन्न गरी सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण गर्ने जानकारी प्रधानसेनापति शर्मालाई गराए । सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निर्माणको काम हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले पारदर्शी ढंगले सो सेन्टरको बाँकि काम छिट्टै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले सो सेन्टर निर्माणका लागि सरकारले बजेटको अभाव हुन नदिने विश्वास समेत व्यक्त गरे ।

उता, कन्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले प्रधान सेनापति शर्मा, रक्षासचिव किरणराज शर्मासहितको टोलीको निरीक्षण पछि सो सेन्टरको बाँकि पनि छिट्टै पूरा हुने बताए ।  उनले सो सेन्टरका लागि खानेपानी र सडकको व्यवस्थापनको कामलाई पनि छिट्टै पूरा हुने गरी अघि बढाइएको बताए । २९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले फाल्गुन मसान्त सम्म होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण गर्ने जनाएको छ । तीन बिगाहा क्षेत्रफलमा निर्माण भईरहेकोस्थायी होल्डिङ सेन्टरको बाइस वटा अलग अलग ब्लग निर्माण भएका छन् । निर्माण भएका सबै ब्लगमा बाधरुम, भान्सा, डाइनिङ रुमलगायतको महत्वपूण सेवासुविधा सहित होल्डिङ सेन्टर निर्माण भएको छ ।

नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकहरूलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल-आइसोलेसनमा पठाउने गरी वैशाख महिनाको मन्त्रिपरिषद् निमार्णले नेपाल–भारत सीमानाका नजिकै ८ र उपत्यकामा २ गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी तथा काठमाडौं उपत्यकामा दुई ठाउँमा संरचना बनाउने निर्णय गरिएको थियो । मन्त्रिपरिषद्को निर्णय बमोजिम नै कञ्चनपुरमा पनि होल्डिङ सेन्टर निर्माण भईरहेको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्