सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

Ad
  • कालोपाटी सम्बाददाता

सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । अर्नाहाबाट पत्थरगाढातर्फ जाँदै गरेको फलाम रड लोड भएको स१त६ १०८ नंको ट्र्याक्टर अनियन्त्रित भई सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ महुकीमा दुर्घटना हुँदा घाइते सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का २७ वर्षीय सन्तोष सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । दुर्घटनामा सोही ठाउँका २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा घाइते भएका छन् । मण्डल ट्र्याक्टरचालक हुन् भने अन्य मजदुर हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्