११ वर्षपछि गिरफ्तार

crime
Ad
  • कालोपाटी सम्बाददाता

कथित बोक्सीको आरोपमा फरार रहेका सप्तरीको राजगढ गाउँपालिका–२ का रामबिलास यादवलाई सप्तरी प्रहरीले  पक्राउ गरेको छ । खोजतलासका क्रममा ११ वर्षदेखि फरार रहेका आरोपितलाई उनकै गाउँघरमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । प्रनाउ काफ्लेका अनुसार पक्राउ अभियुक्तलाई सप्तरी जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि सोमबार नै राजविराज कारागार पठाइएको छ ।

सप्तरी प्रहरीका अनुसार राजगढ गाउँपालिका–२ की सरस्वतीदेवी खंगको उजुरीमा कथित बोक्सीको आरोप लगाउने अभियुक्त यादवलाई सप्तरी जिल्ला अदालतले २०६७ माघ १८ गते तीन महिना कैद सजाय र रु १० हजार जरिवाना ठहर हुने फैसला गरेको थियो । तत्कालीन पुनरावेदन अदालत राजविराजको इजलासले विसं २०७१ मङ्सिर २९ गते सो फैसला सदर गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्