दुई हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले दुई हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका हुन् । शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ३ वर्षभित्र देशभरका सबै विद्यालयहरुमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारे । मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरुको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको बताए । उनले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशन दिए ।

मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरुको नयाँ दरबन्दीको व्यवस्था गर्नु परेको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्