‘गठबन्धनलाई बचाउन जोड दिइरहेको छु’ : अध्यक्ष दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन् ।

बिहीवार सत्तारुढ गठबन्धनको बैठकअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट गर्दै आफूहरुले गठबन्धनलाई बचाउन जोड दिएको बताएका हुन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा एमसीसीबारेको निर्णायक बैठकको तयारीका बारेमा छलफल भएको बताए । उनले बैठकमा एमसीसीलाई कसरी निकास दिने भन्ने कुरामा विशेष छलफल भएको पनि जानकारी दिए ।

अध्यक्ष दाहालले आज साँझ बस्ने सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीबारे निकास निकाल्ने पनि बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्