मन्त्रालयद्दारा एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिक गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रममा बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ मन्त्रालयले सर्वजनिक गरेको हो । रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३०सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१–२०२६ रणनीतिक योजना ल्याएको बताए । उनले यो रणनीतिक योजनाले एचआईभी सम्बन्धि सेवामा समावेशी , समतामूलक तथा पहँुच योग्य बनाउन सहयोग पुग्ने बताए । राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिकसँग आजदेखि कार्यान्वयनमा पनि आएको उनले बताए ।

सचिव गुरागाईंले रणनीतिक योजनाको लक्ष्य पूरा गर्न दातृ निकायको समेत निरन्तर सहयोग आवश्यकता रहेको बताए । उनले रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, संक्रमितको स्वास्थ्यमा सुधार ल्याउने ,एचआईभी संक्रमण न्युनिकरण ल्याउने लक्ष्य लिएको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्