नेपालमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु, ५७० संक्रमित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २८ पिसिआर परिक्षणका क्रममा ३ सय ६४ जना र २ हजार ७ सय ६१ एन्टीजेन परिक्षणका क्रममा २०६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ११ जनाको मृत्यु भएको छ ।  त्यस्तै थप १ हजार ९ सय ९३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४६ हजार ३ सय ३० जना निको भएका छन् । हाल नेपालमा १६ हजार ६ सय १६ सक्रिय संक्रमित आइशोलेशन र १०९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्