सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ ।

बिहीबार भएको खेलमा मनाङ विभागीय टोली एपीएफ क्लबसँग ३–१ गोल अन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा एपीएफले थप २ गोल गोल दोस्रो हाफमा गरेको हो । खेलको ३७ औं मिनेटमा मनाङका कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई शुरुआती अग्रता दिलाएका थिए । १ गोलले पछि परेको एपीएफले ३ मिनेटपछि नै बराबरी गोल गरेको थियो । ४० औं मिनेटमा एपीएफका आशिष लामाले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा मनाङविरुद्ध हावी देखिएको एपीएफले ८१ औं मिनेटमा गोल गर्दै अग्रता २–१ मा पुयाएको थियो । एपीएफका लागि मनिकुमार लामाले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि ८७ औं मिनेटमा एपीएफका लागि नविन लामाले गोल गरेपछि एपीएफ ३–१ ले बिजयी भयो । जारी लिगमा एपीएफले तेस्रो जीत दर्ता गरेको हो । जितपछि एपीएफ तालिकामा १४ अंक बनाउँदै आठौं स्थानमा उक्लिएको छ । पराजित भएको मनाङ २० अंकसहित दोस्रो स्थानमा छ । यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको अर्को खेलमा एनआरटीले संकटालाई १–० गोल अन्तरले पराजित गरेको छ ।

एनआरटीलाई जित दिलाउन स्टेफेन समिरले निर्णायक गोल गरे । खेलको २८ औं मिनेटमा स्टेफेन एनआरटीलाई जित दिलाउन निर्णायक गोल गरेका हुन् । सरोज तामाङको लामो पासमा संकटाका दुई डिफेन्डरलाई बिट गर्दै उनले गोल गरेका थिए । यस जितसँगै एनआरटीले ११ खेलमा १७ अंक जोडेको छ र तालिकाको पाँचौ स्थानमा छ । त्यस्तै संकटाले ११ खेलमा १५ अंक जोड्दै छैटौ स्थानमा छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्