बिहिबार नेप्से परिसूचक १.९४ अंकले गिरावट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट भएको छ । बुधबारको तुलनामा नेप्से बिहीबार १.९४ अंकल घटेको हो । नेप्से १.९४ अंक घटेर २ हजार ७३२.५१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ ।

बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ४० लाख १७ हजार कित्ता शेयर २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकम समेत गिरावट आएको छ । बुधबार ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य उपसमूहको परिसूचक बढेको छ । भने बाँकी सबै उपसमूहको सूचक घटेको छ । बिहीबार नेप्से परिसूचक गिरावट आए पनि तेह्रथुम पावर कम्पनी र युनाइटेड इदि मार्दीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । यता बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्