स्थानीय तहको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुलाई फागुन १५ गतेभित्र दल दर्ता गर्ने आयोगले गर्यो सुचना जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरुलाई दल दर्ताका लागि सुचना जारी गरेको छ । निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता १५ गतेभित्र दल दर्ता गन सुचना जारी गरेको हो । बिहीवार आयोगले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसक्नुपर्ने बताए ।

आयोगका प्रवक्ता पौडेलले पछिल्लो समय आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको र आयोगमा हालसम्म दर्ता भएको दलको संख्या १०६ पुगेको जानकारी दिए । आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ । सो निर्देशिका अनुसार सम्बन्धित पालिकास्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरीने जनाइएको छ । प्रवक्ता पौडेलले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजकोे स्पेसिफिकेसन र लगत अनुमान स्वीकृत गरी खरिद प्रक्रिया अगाडी बढाइएको बताउनुभयो । त्यस्तै मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरुको स्पेसिफिकेशन पनि आयोगबाट स्वीकृत भएको उनले जानकारी दिए ।

आयोगले जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ती गर्न तथा अन्य सेवाका राजपत्रांकित अधिकृतहरुलाई निर्वाचन अधिकृतमा नियुक्ती गर्न फागुन १५ गतेसम्म आयोगमा नामावली उपलब्ध गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको छ । त्यस्तै निर्वाचन अधिकृतमा नियुक्ती गर्न नेपाल प्रशासन सेवाका राजपत्रांकित द्धितिय श्रेणीका अधिकृतहरुको नामावली पनि फागुन १५ गतेसम्म उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि आर्थिक कार्यविधि सञ्चालन गर्न आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि २०७८ तयार गरी सहमतीका लागि नेपाल सरकार अर्थ मन्त्रालयमा अनुरोध गरिसकेको छ ।

मतदाता शिक्षा कार्यक्रमका लागि निर्वाचन केन्द्रीत गिति सन्देश, संवादमुलक शन्देश, लघु कथा आदि लेखन प्रतियोगिता सञ्चालन गर्ने सुचना प्रकाशन भइसकेको र उत्कृष्ट रचनालाई नगद पुरस्कार एवं प्रमाणपत्रको पनि व्यवस्था गरिएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायतका लागि आयोगले बुधवार नेपालस्थित विभिन्न २० वटा राजनीतिक नियोगहरु तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ । आयोगका प्रवक्ता पौडेलले केही विकास साझेदार संस्थाहरुले आयोगलाई सहायता दिन तयार रहेको बताएको जानकारी दिनुभयो । यस वर्षको निर्वाचन दिवस ‘सबै, सधैँ र सँगै’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी फागुन ६, ७ र ८ गते मनाउन लागिएको पनि निर्वाचन आयोगले बताएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्