एमसीसीबारे निर्णय लिन पाँचदलीय गठबन्धनको बैठक सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक पाँच बजेपछि सुरु भएको हो । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै एमसीसी पास गर्ने अडान लिएपछि गठबन्धन फुट्ने आङ्कलन गरिएको छ ।

तर माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसीसी टेबल गर्न नहुने बताएका छन् । सरकारले जबरजस्ती अघि बढ्न खोजे सरकार छाड्ने माओवादीको चेतावनी छ । गठबन्धनको बैठकले एमसीसी बारे निर्णय लिने छ । एमसीसी र गठबन्धनको भविष्यका विषयमा आजको बैठकलाई निर्णायक मानिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्