नयाँबानेश्वरमा एमसीसीविरुद्ध माओवादीका कार्यकर्ताले गरे विरोध प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसीको विरोधमा नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनिरुले नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् । माओवादी भ्रातृ संगठनहरुले गत बुधबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु पनि बानेश्वरमा प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटल नजिकै रोकेको छ । बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्