एमालेको अवरोधका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन संसदमा पेश

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बिच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७-७८ पेश भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७-७८ पेश गरेका हुन् ।

शुक्रवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको अवरोध जारी राखेको छ ।बैठकमा एमाले सांसदहरुले पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र गर्न पाइदैन, गैर सांसदलाई बैठकमा प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर, हाम्रो बिरोध जारी छ लगायतका नाराबाजी गरी सदनको अवरोध कायमै राखेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा विचाराधिन रहेका विधेयकहरुलाई पारित गर्न तथा कानून निर्माणको कामलाई अगाडी बढाउनक लागि संसदमा भइरहेको अवरोध खोल्न अनुरोध गरेका हुन् । प्रतिनिधि सभाको आगामी बैठक फागुन ८ गते आइतवार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्