‘वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज हो’ : मन्त्री झाँक्री

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धनक राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताएका हुन् । उनले एमसीसी जस्ता विषयहरु नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताए । उनले सरकामा आफू मन्त्रिपरिषद्को सदस्य रहेको नताले प्रधानमन्त्रीको एमसीसीको धारणा मन्त्रीपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा भएको बताए । मन्त्री झाँक्रीले एमसीसी जस्ता देशका लागि किचलो बनाउने विषयहरुबाट सरकार टाढा रहनु उचित हुने पनि बताए ।

त्यस्तै सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. शशांक काईरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उनले आफ्नो निर्णयहरु बारम्बार भनिरहेको पनि बताए । सांसद कोईरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गरे ।

सांसद कोईरालाले अमेरिकाले सदने एमसीसी परियोजनाको सहयोग आजसम्म कुनै देशले नदिएको र यसमा अमेरिकाको कुनै स्वार्थ नरहेको समेत दाबी गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्