एमसीसी टेबल गर्ने शीर्ष नेताको निर्णयप्रति नेता झलनाथ खनालले गरे असहमति प्रकट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले असहमति प्रकट गरेका छन् । उनले नेकपा एकीकृत समाजवादी पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई खनालले अस्वीकार गरेको बताए ।

उनले भने कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा रु हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । हामी त्यसमा सहमत छैनौं । यस्ता खालका सहमतिहरु संसदमा लानुपर्ने आवश्यक छनै यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्