संसदमा एमालेले अवरोध कायमै राख्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेले संसदमा अवरोध कायमै राख्ने भएको छ । आफूहरुले उठाएको मागमा सभामुखले र सत्ता गठबन्धन सुनुवाइ नगरेका कारण संसदका कुनै पनि प्रक्रियामा भाग नलिने र नारावाजी गर्ने पुरानो निर्णय रहेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

‘हामीलाई संसदीय कामकारबाहीमा भाग लिने वातावरण सभामुख र सत्तारुढ गठबन्धनले नबनाएका कारणले गर्दा हामी आन्दोलन गर्न विवश छौं,’ भट्टराईले भने, ‘संसदमा के आउँछ विषयवस्तुका आधारमा होइन हामीमाथि गरेको व्यवहारका र विभेदका कारणले जे आए पनि संसदीय कामकारबाहीमा भाग लिन नसक्ने व्यहोरा जानकारी गराउँछौ ।’

भट्टराईका अनुसार कार्यव्यवस्था समितिको बैठकमा पनि एमाले सहभागी हुने छैन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्