छिल्लीकोटमा अझै सुरु भएन केबुलकार निर्माणको काम

Ad
  • कालोपाटी सम्बाददाता

दाङ । दाङको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ स्थित छिल्लीकोटमा केबुलकार निर्माणको काम अझै सुरु हुन सकेको छैन । सर्वेक्षण गरिएको एक वर्षभन्दा बढी भयो तर त्यहाँ केबुलकार निर्माणको काम सुरु गर्ने अझै टुङ्गो लाग्न सकेको छैन ।

केबुलकार र जिपलाइन निर्माण भएपछि छिल्लीकोटको विकासले धेरै फड्को मार्ने स्थानीयवासीको अपेक्षा छ । छिल्लीकोटमा रहेको बुद्ध ढुङ्गा नजिकबाट एक हजार ४०० मिटरको दूरीमा केबुलकार सञ्चालन गर्ने गरी सर्वेक्षण गरिएको थियो । त्यहाँ दुईपटक सर्वेक्षण भइसकेको छ । केबुलकारसम्म सहजै गाडी आउन सक्ने गरी सडक खनिसकिए पनि निर्माण कार्य अझै सुरु नहुँदा आफूहरुलाई दुःखी बनाएको स्थानीयवासीको गुनासो छ ।

त्यहाँ केबुलकारबाट हरियाली वनका साथै गिद्ध रेष्टुरेन्टसमेत अवलोकन गर्न सकिन्छ । केबुलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ । करिब रु एक अर्ब ४० करोडको लागतमा केबुलकार निर्माण गर्ने तयारी भए पनि कोरोनाका कारणले काम अघि बढ्न नसकेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । “हामीले लगानी गर्नका लागि निजी क्षेत्रलाई प्रस्ताव गरेका छौँ, कोरोनाले गर्दा कार्यक्रम अघि बढाउन सकिएको छैन, नत्र हामीले लगानी सम्मेलन आयोजना गर्ने र निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्ने तयारी गरेका थियौँ,” उनले भने , “अहिले पनि हामीले निजी क्षेत्रलाई लगानी गर्न आग्रह गरिरहेका छौँ ।”

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्