एमसीसीको विरोधमा प्रदर्शन जारी, संसद भवन अगाडि ‘’एमसीसी स्वाहा’ कार्यक्रम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । विभिन्न राजनीतिक दल र भ्रातृ संगठनहरुले एमसीसीको विरोधमा विरोध प्रदर्शनलाई जारी राखेका छन् । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र वाइसिएलले काठमाडौंको विभिन्न स्थानमा एमसीसीको विरोधमा नाराबाजी र प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुको प्रदर्शनका क्रममा प्रहरीसँग ठेलमठेल समेत भएको छ । ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले सडकमै एमसीसी स्वाहा कार्यक्रम गरेका छन् । एमसीसीको विरोध गर्दै उनीहरुले सडकमै एमसीसी स्वाहा भन्दै होम गरेका हुन् । एमसीसीको विरोध जनाउन पूजा मण्डप जस्तो बनाएर उनीहरुले मन्त्रोच्चारण गर्दै ‘एमसीसी स्वाहा’ भन्दै होम गरेका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषी कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी लगायतका दलहरुले अहिले विरोध प्रदर्शन गरिरहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्