कालोपट्टी बाँधेर माओवादी केन्द्रको भ्रातृ संगठनले गर्यो एमसीसीको विरोधमा प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू क्रान्तिकारी र वाईसीएलले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।  ‘नो एमसीसी’ लेखिएको कालोपट्टी टाउकोमा बाँधेर वाईसीएल र क्रान्तिकारीका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

माओवादीसहितका सत्ता गठबन्धनको बैठकबाट एमसीसी संसदमा टेबुल गर्ने निर्णय भएपछि सत्ता गठबन्धन निकटकै वाईसीएल र क्रातिकारीले प्रर्दशन गरेको हो । एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले विभिन्न साना कम्युनिस्ट पार्टीहरुले पनि प्रदर्शन गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्