प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि नयाँबानेश्वर क्षेत्रको अवस्था भयो तनावपूर्ण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण र अस्तव्यस्त भएको छ । प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको हो । प्रहरीले सडकमा लगाएको बार हटाएर अघि बढेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्न थालेको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन भएपछि यातायात आवागमन अस्तव्यस्त भएको छ । तिनकुने–माइतीघर सडकखण्डमा सवारी साधन सन्चालनमा रोक लगाइएपछि यातायात आवागमन अस्तव्यस्त भएको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्