माओवादीका ३ सांसदले जनाए एमसीसी टेबल गर्ने निर्णयमा असहमति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा एमसीसी टेबल गर्न निर्णय गरेसँगै उक्त निर्णयमा ३ सांसदले  असहमति जनाएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई एमसीसी टेबुल गर्ने विषयमा लिखित असहमति जनाएका हुन् । राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको सुनिश्चितता पनि नभएको र संसद अवरुद्ध रहेको भन्दै उनीहरुले एमसीसी संसदमा टेबल गर्ने विषयमा आफूहरुको गम्भीर असहमति रहेको उल्लेख गरेका छन् । एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा संघीय संसद भवन नयाँ बानेश्वरस्थित कमल हलमा जारी बैठकमा सचेतक देव गुरुङ सहितका सदस्यहरुले असहमति संयुक्त पत्र पेस गरेका छन् ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्