कार्यव्यवस्था समितिको बैठक सकियो, संसद बैठकको कार्यसूचीमा राखियो एमसिसी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं  । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी बीच भएको अनुदान सहायता सम्झौता पेस हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आजको बैठकका लागि तय गरेको कार्यसूचीको तेस्रो नम्बरमा उक्त सम्झौता पेस गरिनेछ । अर्थमन्त्री जनार्दन शर्माले सो सम्झौता पेस गर्ने छन् । आजको बैठकमा लोक सेवा आयोग विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७-७८ पेस गर्नुहुने कार्यक्रम छ ।

त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी टेबुल गर्ने सहमति गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारूढ नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतले भने अहसमति राखेका थिए । प्रमुख सचेतक गुरुङ, सांसदहरु रेखा शर्मा र जयपुरी घर्तीले संसद्मा प्रमुख प्रतिपक्षीको अवरोध जारी रहेको, एमसिसीका केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै असहमति राखेका थिए ।

 

 

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्