धितोपत्र बोर्डका अध्यक्ष हमालको पदबहाली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले आज पदभार ग्रहण गर्नुभएको छ । बोर्डको कार्यालय ललितपुरमा उनले आज पदभार ग्रहण गरेका हुन् । तत्कालीन बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानाले पदीय मर्यादा विपरीत एक सिमेन्ट कम्पनीसँगको शेयर खरिद प्रकरणमा जोडिएको भन्दै सरकारले हटाएको थियो ।

करिब छ महिनापछि गत बिहीबार सरकारले कैलालीका हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष हमालले साना लगानीकर्ताको हितमा प्रतिबद्ध भएर लाग्ने दृढता व्यक्त गरे । उनले नेपालको शेयर बजार र त्यसको नियामकका रुपमा रहेको बोर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, साना लगानीकर्ताको हित तथा कारोबारमा विविधीकरण गर्न आफू लागिपर्ने बताउँदै आएका छन् ।

शुक्रबार अध्यक्ष हमालले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल संयोजकत्वको समितिले बोर्ड अध्यक्ष चयन गरेको थियो । नवनियुक्त अध्यक्ष हमालले लगानीकर्ताको मनोविज्ञानलाई पनि सम्बोधन गर्दै आफूले काम गर्ने विश्वास व्यक्त गरे । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्