सोमबार नेप्से परिसूचक २५.४१ अंकले वृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार नेप्से परिसूचक वृद्धि भएको छ । आइतबार ३९.४० अंकले गिरावट आएको नेप्से परिसूचकमा सोमबार लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीहरुमा आकर्षित हुँदा २५ अंक भन्दाबढी बजार बढेको छ । आइतबार प्रतिनिधिसभामा एमसीसी टेबलभएको थियो । एमसीसी संसदमा टेबल भएसँगै सोमबार लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुमा आकर्षित भएको देखिन्छ । यसरी सोमबार नेप्से परिसूचक २५.४१ अंक बढेर २ हजार ७१८.५१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.१५ अंक, फ्लोट इण्डेक्स १.७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ९२ हजार कित्ता शेयर २ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबै भन्दाबढी २.२४ प्रतिशत बढेको छ । त्यस्तै वित्त, होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशत भन्दाबढी बढेको छ ।

सोमबारको कारोबारमा १० कम्पनीहरु शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । यसरी बढेको १० कम्पनीहरुमध्ये ७ वटा हाइड्रोपावर कम्पनीहरु रहेका छन् । जसमध्ये युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै गुराँस लघुवित्तको शेयरमूल्य ९.६५ प्रतिशत बढेको छ । सोमबार कारोबार रकमका आधारमा २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर एनटिसी शीर्ष स्थानमा रहेको छ भने जीवन विकास लघुवित्त दोस्रो स्थानमा रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्