मंगलबार नेप्से परिसूचक १७.४२ अंकले वृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ । सोमबार २५.४१ अंक बढेरको नेप्से परिसूचक मंगलबार १७.४२ अंक बढेर २ हजार ७३५.९३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ ।

मंगलबार कारोबारमा आएका २२८ कम्पनीको ६० लाख ८१ हजार कित्ता शेयर ३ अर्ब २१ करोड २८ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि वृद्धि भएको छ । सोमबार ३ अर्ब बराबरको शेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ । जसमा विकास बैंक, वित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर, लगानी र उत्पादनमूलक उपसमूहको परिसूचक भने सामान्य अंकले गिरावट आएको छ ।

मंगलवार कारोबारमा आएका २ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मैलुङ खोला हाइड्रोपावर र युनाइटेड इदी मार्दी आरबीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सामलिङ पावरको शेयरमूल्य ८.५२ प्रतिशत बढेको छ । तर, सिभिल लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य करिब २ प्रतिशत घटेको छ । मंगलबार कारोबार रकमका आधारमा २१ करोडको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । जीवन विकास लघुवित्तको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्