आयोगमा गत हप्ता दर्ता भएको सामाजिक एकता पार्टीको घोषणा

Ad
  • कालोपाटी सम्बाददाता

निर्वाचन आयोगमा गत हप्ता दर्ता भएको सामाजिक एकता पार्टीको औपचारिक घोषणा भएको छ । मंगलवार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सि.बि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा भएको हो । घोषणा सभामा बोल्दै पार्टीका अध्यक्ष गहतराजे पार्टीमा २१ जना पदाधिकारी रहेको र १५१ जना केन्द्रिय समिति सदस्य रहेको बताए ।

उनले पार्टीले एकताको सम्मान गरौँ समृद्ध नेपाल निर्माण गरौँ भन्ने मुल नारासहित पार्टी घोषणा भएको बताए । अध्यक्ष गहतराजले पार्टीले आफ्नो मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल बोकेको बताए । घोषणासभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले नेपाली राजनीतिमा अहिले द्वेध चरित्रको विकास भइरहेको भन्दै यो परिपाटीलाई अन्त्य गर्नुपर्ने बताए ।

उनले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा फरक कुरा गरेर कहिल्यै पार्टी र राजनीतिको विकास नहुने बताए ।केन्द्रिय सदस्य खतिवडाले नेपाली राजनीतिमा नेताहरुमा वचन र इमान्दारिताको खडेरी परेको उल्लेख गरे । उनले पार्टीमा नाता र परिवारलाई अधिकार सुम्पिने परिपाटीको अन्त्य गरेर अघि बढ्न पनि सामाजिक एकता पार्टीलाई शुभकामना दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्