रुखबाट खसेर ज्यान गुमाएका मजदुरको परिवारलाई सात लाख २५ हजार राहत

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ विरेन्द्रचोकमा रहेको पिपलको रुख काँटछाँट गर्ने क्रममा ज्यान गुमाएका एक मजदुरको परिवारलाई नगरपालिकाले क्रिया खर्चसहित क्षतिपूर्ति दिएको छ ।

बुधबार मृतक मालिका गाउँपालिका वडा नं २ रुम निवासी थामबहादुर पुनका आफन्त, नगरपालिकाका जनप्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा नगरपालिकाले क्रिया खर्चसहित रु सात लाख २५ हजार राहत उपलब्ध गराउने सहमति भएको हो । सहमतिअनुसार मृतक पुनकी एक छोरीलाई उच्च शिक्षासम्म आवश्यक छात्रवृत्तिसहित निःशुल्क पठनपाठनको सुविधा समेत नगरपालिकाले उपलब्ध गराउने नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिए ।

पिपलको रुखको हाँगा काट्ने क्रममा गत मङ्गलबार लडेर घाइते भएका पुनलाई उपचारका क्रममा बेनी अस्पतालमा मृत घोषित गरिएको थियो । मृतक पुनका परिवारलाई श्रम ऐन २०७४ दफा ५५ उपदफा ३ अनुसार नै क्षतिपूर्ति उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । त्यस्तै मृतकको परिवारलाई विरेन्द्रचोक टोल सुधार समितिले समेत थप रु ५० हजार राहत दिने प्रतिबद्धता जनाएको जिफन्ट म्याग्दीका सचिव अर्जुन रानाले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्