मन्त्री आलेले ओढाए जयनन्द लामाको शवमा राष्ट्रिय झण्डा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । वरिष्ठ गायक तथा कलाकार जयनन्द लामाको पार्थिव शरीरलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले झण्डा ओढाएर सम्मान दिइएको छ । बिहीबार राष्ट्रिय नाचघर जमलमा आयोजित अन्तिम श्रद्धाञ्जली मन्त्री आलेले लामाको पार्थिव शरीरमा नेपाली राष्ट्रिय झण्डा ओढाएका हुन् ।

श्रद्धाञ्जली कार्यक्रममा मन्त्री आलेको अलवा सीएनएन हिरो अनुराधा कोइराला, नृत्य निर्देशक राजु शाह, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का , निर्देशक एनबी महर्जन, कलाकार कृष्ण मल्ल, निर्देशक मदन घिमिरे, लोकगायक कृष्ण कँडेल, सुवास गजुरेल, नायक शितल केसी लगायत उल्लेख्य कलाकर्मीको सहभागिता रहेको थियो ।  ६६ वर्षका कलाकार  लामाको बुधबार बिहान २ बजे आफ्नै घर अगाडिको कार पार्किङमा निधन भएका हो ।  सिन्धुपाल्चोकको बाहबीसे–२ घर भएका लामा पछिल्लो समय भक्तपुर कौशलटारमा बस्दै आएका थिए । करिब ५ दशकदेखि गायनमा क्रियाशील रहेका लामा गायक, संगीतकार, गीत संकलक, निर्माता, निर्देशक, लेखक, कलाकार र नृत्यकार लगायत बहुप्रतिभाशाली थिए ।

नेपाली कला क्षेत्रका दिग्गजदेखि अहिलेको पुस्तासँग समेत काम गर्न सफल लामा आँखामा हाल्दा पनि नबिझाउने मानिस भएको कलाकर्मी बताउँछन् । लामो विहीबारनै स्वम्भुमा बौद्ध परम्परा अन्तर्गत अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । उनको अन्त्येष्टिमा राष्ट्रिय सम्मानका साथ गरिने कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्