सरकारको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सरकारको आग्रहमा स्थगित भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको भएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए

आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको थियो । बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच एमसीसीका सन्दर्भमा सहमति जुटाउने विषयमा भेटवार्ता छलफल भएको थियो।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्